पाकिस्तानका विदेशमन्त्री इशाक उपप्रधानमन्त्री नियुक्त
2024-04-29 14:37:07CRI
Share with:

पाकिस्तानी विदेशमन्त्री इशाक डरलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेको पाकिस्तानी मन्त्रीपरिषदको सचिवालयले अप्रिल २८ तारिख एक विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ।

उक्त नियुक्ति तत्काल लागू हुने पनि उल्लेख गरिएको छ। तर यो नयाँ पद सम्हाल्नुभएपछि इशाकको विशिष्ट जिम्मेवारी तथा विदेश मन्त्रीको पद कायम रहने या नरहने भन्ने बारेमा कुनै जानकारी दिएको छैन।

इशाक डरले पाकिस्तानको अर्थमन्त्रीको रूपमा धेरै पटक काम गरिसक्नुभएको छ भने यस वर्षको मार्चदेखि पाकिस्तानको विदेश मन्त्री बन्नुभएको हो।

प्राप्त जानकारी अनुसार, पाकिस्तानी सरकारले आफ्नो इतिहासमै विरलै उपप्रधानमन्त्री नियुक्त गर्ने गरेको छ र यसअघिका उपप्रधानमन्त्रीको कार्यावधि सन् २०१२ को जुनदेखि सन् २०१३ मार्चसम्म थियो।