“चिनियाँ छवि सिजन”हँगेरी प्रदर्शन कार्यक्रम
2024-04-29 18:38:13cri
Share with:

   

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हँगेरीको राजकीय भ्रमण गर्नुहुने अवधिमा स्थानीय समय अप्रिल २९ तारिख चाइना मिडिया ग्रुप र हँगेरी एटीभी स्टेशनको सँयुक्त सँयोजनमा चिनियाँ छवि सिजनहँगेरी प्रदर्शन कार्यक्रम बुडापेस्टमा शुरु भएको छ। चाइना मिडिया ग्रुपका दशभन्दा बढी मूल चलचित्र तथा टेलिभिजन उत्पदानहरु स्थानीय मिडियामा प्रसारण हुने छन् जसले हँगेरी सर्वसाधारणलाई नयाँ युगमा चीनको सक्रिया शक्ति र दुई राष्ट्रबीच सहयोग तथा पारस्परिक फाइदाको सुन्दर इच्छा देखाउने छ।

   चिनियाँ उपप्रचार मन्त्री एबम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ श्योङले उक्त कार्यक्रमका लागि भिडियो सन्देश पठाउनुभएको छ। आफ्नो सन्देशमा उहाँले उल्लेख गर्नु भएको छः केही वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री और्बान भिक्टोरको रणनीतिक निर्देशनमा दुबै राष्ट्रहरुले उच्च स्तरीय विकास कायम राख्दै बेल्ट एण्ड रोड निर्णय प्रस्तावको निर्माणमा प्रचुर उपलब्धि हासिल गर्दै आएका छन्। चाइना मिडिया ग्रुपले हँगेरीका विभिन्न क्षेत्रका साथीहरुसँग दुई राष्ट्रबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्न योगदान सिर्जना गर्ने आशा छ।