विश्व आर्थिक मञ्चमा विश्वव्यापी सहयोगको प्रवर्द्धन आह्वान व्यक्त
2024-04-29 14:35:44CRI
Share with:

साउदी अरेबियाको राजधानी रियादमा अप्रिल २८ तारिखका दिन सुरु भएको विश्व आर्थिक मञ्चको विशेष सम्मेलनमा विश्वव्यापी सहयोग, वृद्धि र ऊर्जामा ध्यान केन्द्रित भएको छ। सो अवसरमा अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढीकरण गर्दै थप लचिलो विश्व अर्थतन्त्र कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि भएको छ।

सो सम्मेलनको उद्धाटन समारोहमा विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ग ब्रेन्डेले सम्बोधन गर्दै भन्नुभयोः भूराजनीतिक तनाव र सामाजिक–आर्थिक अन्तरले विश्वव्यापी मतभेदलाई गहन पारिएकोले अन्तर्राष्ट्रिय सहयोग र लक्षित संवाद कहिल्यै पनि यति अत्यावश्यक भएको थिएन।

यस विशेष सम्मेलनले विभिन्न क्षेत्रका नेताहरूलाई चुनौतीहरूको समाधान खोज्ने अवसर प्रदान गरेको विचार पनि उहाँले व्यक्त गर्नुभयो।

सम्मेलनमा दिगो तरिकामार्फत् ऋणको सामना के कसरी गर्ने भन्नेतिर विभिन्न देशहरुले सोच्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषकी महाप्रबन्धक जर्जिएभाले व्यक्त गर्नुभयो। साथै, उहाँले अमेरिका निकै धेरै ऋणमा रहेकोले आर्थिक क्षेत्रमा बढी जिम्मेवारी लिनुपर्ने धारणा पनि राख्नुभयो। यसका अतिरिक्त, 'व्यापारलाई बढाइ पुँजीलाई अझ राम्रो तरिकाले चल्न दिनुपर्ने विचार पनि उहाँले गर्नुभयो।

यसै गरी उक्त सम्मेलनमा इजरायल–प्यालेस्टाइन द्वन्द्व र गाजा मानवीय परिस्थितिबारे पनि छलफल भएको छ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा विश्वका ६० भन्दा बढी देश र क्षेत्रका २२० भन्दा बढी व्यक्तिको सहभागिता रहेको बताइएको छ।