विश्वव्यापी विज्ञान तथा प्रविधिको विकास मञ्चमा महिलाको शक्तिमा ध्यानकेन्द्रित
2024-04-29 14:49:27CRI
Share with:

 

सन् २०२४ को विश्वव्यापी विज्ञान तथा प्रविधिको विकासमा महिलाको नविनता मञ्च हालै पैचिङमा सम्पन्न भएको छ। महिलाको जीवन्त शक्तिबाट प्रेरित हुँदै नयाँ ऊर्जाको सिर्जना गरौँ भन्ने विषयसूची रहेको उक्त मञ्चमा धेरै देशका विशिष्ट महिलाहरूले वैज्ञानिक र प्राविधिक नवप्रवर्तनको क्षेत्रमा महिलाको महत्वपूर्ण भूमिका र योगदानबारे छलफल गरेका छन्।

फिजियोलोजी मेडिसिनमा चीनको पहिलो नोबेल पुरस्कार विजेता थु युयुले उक्त मञ्चमार्फत् युवा महिला वैज्ञानिक र प्राविधिक कार्यकर्ताहरूलाई एक चिट्टी पठाउँदै वैज्ञानिक र प्राविधिक नवप्रवर्तन नै विश्व परिपाटीलाई नयाँ आकार दिने र मानवजातिको भविष्य सिर्जना गर्ने क्रममा एक निर्णायक शक्ति भएको औँल्याउनुभएको छ।

चिनियाँ अन्तरिक्षयात्री वाङ याफिङले आफ्नो अन्तरिक्ष अनुभव बाँड्दै युगको शक्ति, सपनाको शक्ति, टोलीको शक्ति र परिवारको शक्तिले नै आफूलाई नवप्रवर्तक रूपमा सफलता हासिल गर्न सहयोग गरेको बताउनुभयो।

साथै, युनेस्कोका पूर्वमहानिर्देशक इरिना बोकोभा र चीनस्थित संयुक्त राष्ट्रसंघीय महिला कार्यालयकी निर्देशक स्मृति अर्याल लगायतका अतिथिहरुले पनि महिलाको अधिकार र हितको पूर्ण संरक्षण हुनुपर्नेमा जोड दिनुभएको थियो।