चिनियाँ राष्ट्राध्यक्षको तीन राष्ट्रको भ्रमणले विश्वको शान्ति विकासका लागि नयाँ प्रवर्द्धन गर्ने
2024-04-29 18:36:18cri
Share with:

      चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्ससर्बियाहँगेरीको राजकीय भ्रमण गर्नुहुने खबर सार्वजनिक भएको छ। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अप्रिल २९ तारिख नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार यो भ्रमण पाँच वर्षयता युरोपका लागि चिनियाँ राष्ट्रनायकको पहिलो भ्रमण हो। यसले चीन र यी तीन राष्ट्रचीन-युरोप सम्बन्धको समष्टिगत विकासका लागि महत्वपूर्ण भावार्थ सिर्जना गर्नुका साथै विश्व शान्ति विकासमा नयाँ प्रवर्द्धन शक्ति पुर्याउने छ।

चीनले फ्रान्ससँग यस भ्रमणको अवसरमा फाइदा लिँदै आपसी राजनीतिक पारस्परिक विश्वासलाई अघि बढाउने र आपसी सम्बन्धको स्वस्थ तथा स्थिर विकासमा नयाँ प्रवर्द्धन शक्ति सिर्जना गर्ने आशा छ। चीनले सर्बियासँग आपसी सम्बन्धको नयाँ ऐतिहासिक अध्याय सिर्जना गर्दै मानव जातिको साझा भविष्य समुदायको निर्माणका लागि अझ ठूलो योगदान दिने आशा छ। यस वर्ष चीन र हँगेरीबीचको दौत्य सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव हो। यस भ्रमणले चीन र हँगेरीबीचको सम्बन्धलाई नयाँ उचाईँमा पुर्याउने छ।