चीनको तिब्बत व्यापार मेला काठमाडौँमा शुरु
2024-04-29 16:22:41cri
Share with:

सत्रौं नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला काठमाडौंमा शुरु भएको छ। आगामी शुक्रबारसम्म हुने मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुभएको जनआस्था अनलाइनले लेखेको छ। 

मेला उद्घाटन समारोहमा चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआन विशेष अतिथिको रुपमा सहभागी हुनुभएको छ। उपाध्यक्ष फुकुआन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो बिहान काठमाडौं आइपुग्नुभएको थियो। समारोहमा काठमाडौंस्थित चिनियाँ राजदूत छन सोङ, ल्हासास्थित नेपाली वाणिज्यदूत नवराज ढकाललगायत विशिष्ट पाहुनाहरुको सहभागिता छ।

सोमबार नै बेलुका ४:३० बजे म्यारियट होटलमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतावीच तिब्बत र नेपालवीच कृषि सहकार्यसम्बन्धी विविध सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रमसमेत तय भएको प्राप्त समाचारमा जनाइएको छ।