चाइना मिडिया ग्रुपद्वारा चीन- फ्रान्स खाद्य सँस्कृति आदानप्रदान कार्यक्रम सार्वजनिक
2024-04-30 16:38:38cri
Share with:

 

     चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजकीय भ्रमणको अवधिमा अप्रिल ३० तारिख चाइना मिडिया ग्रुप र चीनका लागि फ्रान्सेली राजदूतावासको संयुक्त सहयोगमा बृहत् चीन-फ्रान्स खाद्य सँस्कृति आदानप्रदान कार्यक्रम शिखर क्षण-चीन फ्रान्स शेफ प्रतियोगितासार्वजनिक गरेको छ।

 

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले यस कार्यक्रमका लागि भाषण दिनुभएअनुसार हाल केही वर्षयता यी दुबै राष्ट्रहरुका राष्ट्रनायकको नेतृत्वमा दुवै राष्ट्रबीच मानवीय तथा साँस्कृतिक आदानप्रदान निरन्तर गहन पारिँदै आएबाट विश्व सभ्यताबीच पारस्परिक सिकाईका लागि नमूना सिर्जना गरेको देखिन्छ।

 

वर्तमान संसारमा सबैभन्दा ठूलोसबैभन्दा बढी व्यवसाय फर्म, सबैभन्दा फराकिलो कभरेज भएको मिलिजुली अन्तर्राष्ट्रिय मिडियाको रुपमा चाइना मिडिया ग्रुपले फ्रान्सका विभिन्न क्षेत्रका साथीहरुसँग श्रृंखलावद्ध प्रभावकारी सहयोग गर्दै आपसी साँस्कृतिक आदानप्रदानलाई विस्तार गर्दै आएको छ। चाइना मिडिया ग्रुपले फ्रान्सका विभिन्न क्षेत्रसँग आपसी सिकाईका साथै संयुक्त रुपमा अझ सुन्दर भविष्य सिर्जना गर्ने इच्छा लिएको छ।