#अल्पसंख्यक जाति# एकजना सैनिकको विशेष पार्टीको बक्यौता-१
2024-04-30 09:15:21CRI
Share with:

सन् २०२२ सेप्टेम्बरमा चिनियाँ तिब्बती छ्याङ तु शहरीय सार्वजनिक सुरक्षा ब्युरोको कार्यालयमा एक विशेष फोन आएको थियो।

 “म चाउ छिनक्वीकी श्रीमती हुँ। र म छ्याङतु शहरीय सार्वजनिक सुरक्षा ब्युरोबाट सेवानिवृत्त भएको पार्टीकी एकजना सदस्य पनि हुँ। कमरेड चाउ छिङक्वीको जीवनकालमा सुम्पनु भएअनुसार आज उहाँलाई ६७८९ युआनको पार्टीको बक्यौता तिर्न सहयोग गर्छु।” फोनमा चाउ छिङक्वीकी श्रीमती चेनगाले सुँक्क सुँक्क रूदै भन्नुभयो। 

यो फोनपछाडि कस्तो कथा छ? अल्पसंख्यक जाति कार्यक्रममा म विस्तर जानकारी दिनचाहन्छु। 

श्री चाउ छिनक्वी, तिब्ब्ती जातीय हुनुहुन्छ। उहाँ सन् १९३७ मा छिङहाइको थुङरेन क्षेत्रमा जन्मनु भएको हो। सन् १९५१ देखि तत्कालीन १८ औँ सेनामा भर्ना हुनुभयो। त्यसपछि उहाँले छ्याङतु क्षेत्रीय सार्वजनिक सुरक्षा ब्युरोका लागि चिनियाँ कम्युनिष्ट पार्टीको शाखाको सचिवमा नियुक्त पाउनु भयो। सन् २०२२ अगष्ट उहाँको निधन भयो।

हाल ७८ वर्षीय चाउ छिनक्वीकी श्रीमती चेनगा छाङतु शहरमा बस्नुहुन्छ। चेनगाका अनुसार, जीवनमा चाउ छिनक्वी ज्यादै मितव्ययी हुनुहुन्थ्यो। लुगा फाटे पनि सधैं सिलाई गरेर निरन्तर लगाउनुभयो। तर सन् २००८ मा सछ्वान प्रान्तीय वन छ्वानमा भयंकर भूकम्प गएको बेला चाउ छिनक्वी र चेनगाले सहयोग गर्न ५०० युआनको विशेष पार्टी बक्यौता दिनुभयो। सन् २०१६ मा छाङतु शहरीय चोकुङ जिल्लामा भूकम्प प्रतिरोध तथा उद्धार कार्यलाई समर्थन दिनका लागि उहाँहरूले ४००० युआनको दान दिनुभयो। सन् २०२० मा महामारीको रोकथाम तथा नियन्त्रणमा उहाँहरुको जोडीले फेरि २० हजार युआनको दान दिनुभयो। 

“उहाँले सधैं मलाई भन्नुभयो, मातृभूमि हाम्री आमा हुन्। हामी मातृभूमिको छोरा-छोरी हौँ। आमाले कठिनाइ भेटेमा हामी छोराछोरीले करुणामयी धर्मपरायणता दिनुपर्छ।” चेनगाले बताउनुभयो। 

त्यसैले उहाँको निधन भएअघि श्रीमतीलाई पार्टीसमक्ष अन्तिम पटक पार्टीको बक्यौता तिर्न अनुरोध गर्नुभयो। 

“उहाँको मृत्यु हुनुअघि मलाई पटकपटक गरी पार्टीको बक्यौता तिर्नुपर्ने अनुरोध गर्नुभयो। त्यसैले उहाँका लागि अर्थपूर्ण पार्टीको बक्यौता तिर्ने विचार गरेकी छु। त्यसै गरी ६७८९ युआन तिर्छु। किनकि उहाँले पार्टीमा प्रवेश गर्नु भएको ६७ वर्ष भइसक्यो। अगष्ठमा उहाँको निधन भयो। ९ अर्थात् च्यूको उचारण दीर्घकालको प्रतिनिधित्व हुने गर्छ। उहाँ दीर्घकालमा मेरो मनमा छ। म सधैं उहाँलाई विर्सन सक्दिँन।” चेनगाले भन्नुभयो।

 

वास्तवमा बाल्यकाल चाउ छिनक्वी अनाथ हुनुहुन्थ्यो। सन् १९४९ मा छिङहाइ मुक्त भएपछि जन मुक्ति सेना उहाँको जन्मथलोमा तैनाथ भएका थिए। त्यसबेला बालक छिनक्वी र सैनिकहरूले गहिरो मित्रताको स्थापना गरेका थिए। सन् १९५१ मा १४ वर्षीय चाउ छिनक्वीबाट पेश गरिएको सेनामा भर्ना अनुरोध स्वीकार गरिएको थियो। सन् १९५१ अगष्टमा सेनागँग चाउ छिनक्वी तिब्बत प्रस्थान गर्नुभयो। ३ महिनासम्म फौजले पैदल यात्रा गरेर तिब्बतमा पुगेको थियो। 

तिब्बतमा चाउ छिनक्वी कस्तो जीवन भेट्नुभयो। आगामी साताको कार्यक्रमा मैले निरन्तर रूपमा चर्चा गर्नेछु।