"छ्युश" पत्रिकाले महासचिव सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित गर्ने
2024-04-30 19:37:23cri
Share with:

मे १ तारिख प्रकाशित हुने "छ्युश" पत्रिकाको नवौं अंकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको महत्त्वपूर्ण लेख प्रकाशित हुनेछ, यो लेखको नाम "सय करोड जनतालाई संगठित गर्ने र परिचालन गर्नेबलियो देश निर्माण र राष्ट्रको पुनरुत्थानको महान कार्यमा सक्रिय रूपमा सहभागी हुन श्रमिकहरू" भन्ने रहेको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा चीनको मजदुर वर्गले पार्टी र देशको विकासमा प्रमुख भूमिका खेलेको कुरामा यो लेखमा जोड दिइएको छ।                                              

 

भविष्यमा मजदुर संघको कामको सन्दर्भमा लेखले जोड दिएको छ कि, पहिलो, मजदुर संघमा पार्टीको समग्र नेतृत्वलाई पालना गर्नुपर्छ। दोस्रो, नयाँ यात्रामा अगाडि बढ्न र नयाँ युगको निर्माण गर्न करोडौं कर्मचारीहरूलाई व्यवस्थित र परिचालन गर्नुपर्छ। तेस्रो, हृदय र आत्माले अधिकार संरक्षण सेवाहरूमा राम्रो काम गर्नुपर्छ।