तेस्रो विश्व सीएमजी मञ्च पैचिङमा सम्पन्न
2024-04-30 09:13:08cri
Share with:

अप्रिल २९ तारिख चाइना मिडिया ग्रुपले तेस्रो सीएमजी मञ्च पैचिङमा आयोजना गरेको छ। उक्त मञ्चको मुख्य विषय “एक राम्रो शक्तिः एआईमा साझा जिम्मेवारी” रहेको छ। अन्तर्राष्ट्रिय सँगठन, चिनियाँ तथा विदेशी मुख्य सञ्चार-माध्यम, चिनियाँ तथा विदेशी थिङ्क ट्याङ्क, अन्तर्देशीय उद्योग-व्यवसायका २०० जनाभन्दा बढी प्रतिनिधिहरूले अनलाइन र अफलाइन तरीकामार्फत उक्त मञ्चमा भाग लिएका छन्।

सो अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले नयाँ गुणस्तरीय उत्पादन शक्तिसम्बन्धी राष्ट्राध्यक्ष सी चिनफिङको भनाइको आदेशमा चाइना मिडिया ग्रुपले चीनको पहिलो एआई समग्र प्रकियाको छोटो नाटकको रचना गरेको, चाइना मिडिया ग्रुपले विश्वका साथीसँग सिक्ने, एआईको सँयुक्त रुपमा अन्वेषण गर्ने, मानव भाग्य समुदायको सिर्जना गर्नका लागि सकारात्मक शक्ति थप्ने कुरामा जोड दिनुभयो।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमास बाचले अन्तर्राष्ट्रिय ‌ओलम्पिक समितिले चाइना मिडिया ग्रुपलाई ‌ओलम्पिक एआईको भविष्यको सिर्जना गर्न निमन्त्रणा गर्ने बताउनुभयो।