“मे एक” अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा देशभरका श्रमिकप्रति शुभकामना तथा हार्दिक सहानुभूति
2024-04-30 18:40:02cri
Share with:

मे एक” अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पार्टी केन्द्रीय समितिको तर्फबाट देशभरका श्रमिक जनताला बिदाको शुभकामना र हार्दिक सहानुभूति  व्यक्त गर्नुभएको छ।

 

सी चिनफिङले यो वर्ष नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव र "१४औँ पञ्चवर्षीय योजना"को लक्ष्य र कार्यहरू पूरा गर्ने महत्वपूर्ण वर्ष भएको औंल्याउनुभयो। उहाँले श्रमजीवी व्यापक जनसमुदाय पार्टीसँग एकताबद्ध भएर पार्टीसँगै सङ्घर्ष गर्ने एवं मेहनत र निस्वार्थ कामबाट आफ्नो बुद्धि र पसिनाले पार्टी र देशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।