चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोद्वारा वर्तमान आर्थिक परिस्थिति र कामको विश्लेषण तथा अनुसन्धान गरिने
2024-04-30 16:33:06cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले अप्रिल ३० तारिख एउटा बैठकको आयोजना गर्दै यस वर्ष जुलाईमा पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको छ जसले मुख्यगरी सुधारला चौतर्फी गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणका समस्याको अनुसन्धान गर्नेछ।

 

यस बैठकले जोड दिएअनुसार एकीकरण र उच्च गुणस्तरीय गरी दुई विन्दुलाई घनिष्ट रुपमा कायम राख्दै याङ्त्से नदी डेल्टा एकीकरण विकास भन्ने महत्वपूर्ण कार्यभारलाई शक्तिशाली रुपमा प्रवर्द्धन गर्नुपर्छ।

 

केन्द्रीय प्रविधिक विकासलाई तीव्रता दिँदै परम्परागत व्यवस्थाको स्तरोन्नतिनयाँ व्यवस्थाको विकासलाई व्यवस्थित रुपमा प्रवर्द्धन गर्नुपर्छ। संस्थागत संयन्त्रलाई छिटो पूर्णता दिलाउँदै प्रशासनिक बाधालाई तोडेर एकीकरणलाई अझै गहिरो क्षेत्रमा विस्तार गर्नुपर्छ।

 

केन्द्रीय समितिका क्षेत्रीय समन्वय विकास निर्देशन टोलीले सम्बन्धित कामको समन्वयलाई मजबुत बनाउनुपर्छ। शाङ्हाई शहरले विशेष गरी निर्देशकीय भूमिका अझै राम्रोसँग खेल्दै र च्याङसुच च्याङ र आनह्वी गरी तीन प्रान्तहरुले आ-आफ्ना विशेष भूमिका निर्वाह गर्नुपर्छ। जसले विशाल कार्यशक्तिलाई मिलाएर याङ्त्से नदी डेल्टाको एकीकरण विकासका लागि नयाँ अध्याय सिर्जना गर्नसकिन्छ।