चीन-फ्रान्स उच्चस्तरीय मानवीय साँस्कृतिक आदानप्रदान मञ्च सुरु
2024-05-01 16:29:22cri
Share with:

 

     चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजनीय भ्रमण गर्नुहुने अवधि स्थानीय समयअनुसार अप्रिल ३० तारिख चीनको सामाजिक कूटनीतिक परिषदचाइना मिडिया ग्रुपफ्रान्सका लागि चिनियाँ राजदूतावासको संयुक्त संयोजनामा चीन-फ्रान्स उच्चस्तरीय मानवीय साँस्कृतिक आदानप्रदान मञ्च पेरिसमा सुरु भएको छ। 

 

चिनियाँ उपप्रचार मन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले भिडियो भाषण दिनुभएअनुसार चीन र फ्रान्स उज्यालो सभ्यता रहेका मुलुक भएको बताउनुभयो।

 

सन् २०२४ जनवरीमा राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति म्याक्रोनले यी दुवै राष्ट्रबीचको दत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका लागि पारस्परिक रुपमा बधाई सन्देश पठाउनुभएको थियो।

 

दुवै राष्ट्रानायकको नेतृत्वमा दुई राष्ट्रको मानवीय साँस्कृतिक आदानप्रदान निरन्तर गहन भैरहेको छ जसले विश्व सभ्यताको पारस्परिक सिकाईका लागि नमूना सिर्जना गरेको छ।

 

चीन र फ्रान्सबीचको मित्रता कथा सुनाउँदै आएको चाइना मिडिया ग्रुपले ६०औँ वार्षिकोत्सवलाई अवसरको रुपमा लिँदै धेरै उत्कृष्ट उत्पादन तथा ठूला कार्यक्रमहरुको प्रचारप्रसार गरेको छ। नयाँ ऐतिहासिक सुरुवातमा उभिएर चाइना मिडिया ग्रुपले फ्रान्सका विभिन्न क्षेत्रसँग अझ सुन्दर भविष्य सिर्जना गर्दै जाने आशा गरेको छ।