चीनले हिल्सामा मितेरी पुल बनाइदिने
2024-05-02 16:14:24cri
Share with:

 

नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा कर्णाली नदीमाथि चीनले मितेरी पुल निर्माण गर्ने भएको छ। हिल्सामा आवतजावत सहजताका लागि चिनियाँ पक्षले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पक्की मितेरी पुल निर्माण गर्न लागेको गोरखापत्र अनलाइनले लेखेको छ

प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले दुई देशको सिमाना हिल्सामा रहेको कर्णाली नदीमाथि पक्की मितेरी पुल चीन सरकारले निर्माण गर्ने भएको बताउनुभयो। सोबारे जानकारी गराउन चिनियाँ पक्षले नेपाली पक्षलाई हिल्सामा बोलाएको थियो।

प्रमुख जिल्ला अधिकारी पोखरेलसहितको नेपाली टोली हिल्सामा गएको थियो। हिल्साबाट फर्केपछि उहाँले दुई देशका अधिकारीबिच भएको बैठकमा मितेरी पुल निर्माणबारे जानकारी चिनियाँ पक्षले दिएको बताउनुभयो।

उहाँले पुलको निर्माण कार्य आगामी मेबाट सुरु गर्ने तयारी चिनियाँ पक्षले रहेको छ। पुल निर्माण कार्य सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ। हिल्सामा पुल निर्माण गर्दा नेपालपट्टिको क्षेत्रमा चिनियाँ कामदार र प्राविधिक आउनुपर्ने भएकाले काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको पनि उहाँले बताउनुभयो।