८०प्रतिशत बढी फ्रान्सेली उत्तरदाताद्वारा चीनको प्रभावित शक्तिको प्रशँसा
2024-05-02 16:26:59cri
Share with:

     चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजकीय भ्रमण गर्नुअघि हालसालै चाइना मिडिया ग्रुपअन्तर्गत सी जि टि एन र चीन जन विश्वविद्यालयको संयुक्त संयोजनामा १,५१३ जना फ्रान्सेली उत्तरदाताहरुसमक्ष प्रश्नवाली गरेको नतिजाअनुसार ८०.२ प्रतिशतले चीन प्रभावित शक्तिसहित ठूलो राष्ट्र भएको ठहर लिएका छन् भने ७०.३ प्रतिशतले चीन एक सफल राष्ट्र भएको अडान व्यक्त गरेका छन्।

   चीनको विकास नै विश्वको अवसर हो। उक्त सर्वेक्षणअनुसार फ्रान्सेली उत्तरदाताहरुले चीनको उच्च गुणस्तरीय विकास र उच्च स्तरीय वैदेशिक खुलापनबाट भएको उपलब्धि उच्च भएको पुष्टि गरेका छन्। तीमध्ये ९१.५ प्रतिशतले चीनको आर्थिक विकासको उपलब्धिको प्रशँसा गरेका छन्। ७२.७ प्रतिशतले चीनको अर्थतन्त्रले विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान गरेको धारणा लिएका छन्। यसबाहेक ८८.८ प्रतिशतले चीनको विज्ञान प्रविधि बलियो भएको ठहर लिएका छन्। ७१.४ प्रतिशतले चीनद्वारा विश्व्व्यापी विज्ञान तथा प्रविधिको क्षेत्रको विकासमा नयाँ प्रवर्द्धन शक्ति थपेको ठहर लिएका छन्।

   चीन र फ्रान्सबीचको दत्य सम्बन्ध स्थापना भएको ६०वर्षयता यी दुवै पक्षबीचको व्यापारिक रकम ८०० गुणाले बढेको देखिन्छ। चीन नै फ्रान्सको एशियाली पहिलो ठूलो र ग्लोबल सातौँ ठूलो व्यायारिक साझेदारी हो। ८६.२ प्रतिशतको विचारमा चिनियाँ व्यवसायको अन्तर्राष्ट्रिय बजारमा विशाल प्रभाव शक्ति छ। ५८.८ प्रतिशतले चीनको विशाल बजारद्वारा फ्रान्सेली व्यवसायलाई व्यापक विकास अवसर ल्याएको धारणा लिएका छन्। १८ देखि २४ उमेरबीच ६५.८ प्रतिशतले फ्रान्सले चीनद्वारा प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय सहयोग परियोजनामा सक्रिय भाग लिएकोमा खुसी व्यक्त गरेका छन्।