"चीनलाई नियन्त्रण गर्न थाइवानको प्रयोग" प्रयास असफल हुने
2024-05-02 21:30:19cri
Share with:

मे १ तारिख अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले यस वर्षको विश्व स्वास्थ्य सम्मेलनमा पर्यवेक्षकको रूपमा भाग लिन थाइवानलाई आमन्त्रण गर्न विश्व स्वास्थ्य संगठनलाई दृढतापूर्वक प्रोत्साहित गरेको उल्लेख छ। मे २ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस बारेमा पत्रकारको प्रश्नको जवाफ दिनुभएअनुसार अमेरिकाको उक्त विज्ञप्तिले एक चीन सिद्धान्त र चीन-अमेरिका तीन संयुक्त विज्ञप्तिको गम्भीर उल्लंघन गरेको छ ।चीनले कडा असन्तुष्टि र कडा विरोध गरेको छ ।

संसारमा एउटा मात्र चीन छ, र थाइवान चीनको भूभागको अभिन्न अंग हो। थाइवान मुद्दा चीनको मुख्य चासोको केन्द्र र चीन-अमेरिका सम्बन्धमा पहिलो रातो रेखा हो।

"थाइवान कार्ड" खेल्ने र "चीनलाई नियन्त्रण गर्न थाइवान प्रयोग" गर्ने कुनै पनि प्रयासको अन्तर्राष्ट्रिय समुदायले दृढतापूर्वक विरोध गर्नेछ र असफल हुने निश्चित छ।