दुई महिनामा हिमालबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन
2024-05-02 16:16:27cri
Share with:

दु महिनामा हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ। पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ।

 

मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागका शाखा अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिनुभएको हो। यी मध्ये सबैभन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको गोरखापत्र अनलाइनले लेखेको छ।

 

यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ।