नाइजेरियाका विद्यार्थी हेनरीटाद्वारा चीनमा जोसिलो चीन देखिएको
2024-05-03 16:17:36cri
Share with:

 

सात वर्षअगाडि हेनरीटा टाढा नाइजेरियाको राजधानी अबुजाबाट चीन आउनुभयो। उहाँको चिनियाँ नाम वाङ श्याउश्या हो। सात वर्षयता उहाँले जनता सुखमय हुने र जोसियो चीनको साक्षी बस्नु भएको छ।

 

 “मैले चीन जाने आशा लिएँ, आफ्नो दृष्टिकोणलाई फराकिलो पार्ने र आफ्नो स्तरलाई उकास्ने आशा लिएँ। चीनमा अध्ययन गरेपछि एक राम्रो काम खोज्ने मौका पाउनसक्ने विश्वास मैले लिएँ।

 

वाङ श्याउश्याले सानो उमेरदेखि नै चिनियाँ भाषाप्रति गहिरो चासो लिनुभएको थियो। हाल उहाँ चुङ नान विश्वविद्यालयको समाज विषयका स्नातकोत्तर हुनुहुन्छ। उहाँ छाङ शा शहरलाई माया गर्नुहुन्छ। उहाँले पनि छाङ शा शहरका जनताको उत्साहको अनुभव गर्नुभएको छ। उहाँले साथीसँग भिडियो खिचेर विदेशी इन्टर्नेट प्रयोगकर्तालाई छाङ शाको मिठो खानाबारे जानकारी दिन मन पराउनुहुन्छ। उहाँ भन्नुहुन्छ छाङ शा शहरबारे विदेशी इन्टर्नेट प्रयोगकर्तालाई थाहा छैन। म र मेर साथीको लक्ष्य हाम्रो भिडियोमार्फत विदेशीहरूलाई छाङ शा शहरबारे जानकारी लिनु, छाङ शाको खानाबारे जानकारी लिनु, छाङ शाको सडकबारे जानकारी लिनु हो। यो हाम्रो लक्ष्य हो।

 

वाङ श्याउश्याले साथीसँग फोटो र भिडियोको तरीकामार्फत विदेशी सामाजिक सञ्जालमा विदेशी साथीलाई छाङ शाबारे जानकारी दिनुभएको छ। भविष्यमा उहाँले एक वृत्तचित्र खिचेर विश्वलाई एक साँच्चै र चौतर्फी चीनबारे जानकारी दिने अपेक्षा लिनुभएको छ। वाङ श्याउश्या भन्नुहुन्छ मेरा आँखामा रहेको चीनसम्बन्धी भिडियो खिच्ने हो भने मैले विज्ञान र प्रविधि क्षेत्र छान्नु पर्छ। चीनको वैज्ञानिक तथा प्राविधिक विकास गति कुनै पनि मुलुकले तुलना गर्न सकिँदैन। गरिब मुलुकबाट विकास भएर हाल विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको चीन उल्लेखनीय छ। मैले यातायात क्षेत्रको विकाससम्बन्धी भिडियो खिच्ने योजना बनाएको छु। मौका मिलेमा मैले यातायातसम्बन्धी वृत्तचित्र खिच्ने छु। मैले मेरो वृत्तचित्रमार्फत विश्वलाई चीनमा मैले हेरेको विषय देखाउने छु।

 

सन् २०२१ मा वाङ श्याउश्याले विश्वविद्यालयको सामाजिक अभ्यास मण्डलका सदस्यको रुपमा हु नान प्रान्तीय युङ चौ शहर च्याङ व्हा याउ जातीय स्वशासित जिल्ला जानुभयो। त्यहाँ उहाँले चीनको ग्रामीण क्षेत्रको नयाँ अनुहार र नयाँ उपलब्धिको अनुभव गर्नुभयो। च्याङ व्हा जिल्लाको इलेक्ट्रोनिक वाणिज्य पार्कमा वाङ श्याउश्याले इन्टर्नेटको प्रत्यक्ष प्रसरणमार्फत सामान बिक्रीको अनुभव गर्नुभयो। वाङ श्याउश्या भन्नुहुन्छ स्थानीय चिया हरियो चिया हो। पनि अर्को तीतो चिया छ। त्यहाँ विविध चिया छ। म र मेरो सहपाठी हान तीले इन्टर्नेटको प्रत्यक्ष प्रसारणमार्फत सामानको बिक्रीको अनुभव गरेका थियौं। हामीले चिया, खाजा, आलुबखडाआदि फलफूलको बिक्री गरेका थियौं। इन्टर्नेटको प्रत्यक्ष प्रसारणमार्फत सबैले इन्टर्नेटबाट देख्नसक्छन् र किन्न सक्छन्।