छाङहो नं ६ डिटेक्टर प्रक्षेपण
2024-05-03 19:44:41cri
Share with:

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनबाट प्राप्त समाचारअनुसार, मे ३ तारिख अपरान्ह ५ बजेर २७ मिनेटमा चीनको वनछाङ अन्तरिक्ष प्रक्षेपण स्थानबाट छाङहो नं ६ डिटेक्टरलाई लङमार्च नं ५ वाहन रकेटबाट सफलताका साथ प्रक्षेपण गरिएको छ। त्यसपछि सही रूपमा पृथ्वी-चन्द्र स्थानान्तरण कक्षमा प्रवेश भएको छ। यसरी नै छाङहो नं ६ डिटेक्टर चन्द्रमाको टाढाको भागमा नमूना लिएर फिर्ता हुने संसारको पहिलो यात्रा सुरु गरेको छ भने योजना अनुसार अवतरण र नमूना लिने क्षेत्र चन्द्रमाको टाढाको दक्षिणी ध्रुव-एटकेन बेसिन हो।

 

प्राप्त जानकारीअनुसार, छाङहो नं ६ को कार्यावधि लगभग ५३ दिन छ। त्यसको कार्य गर्न पनि व्यावहारिक अन्तर्राष्ट्रिय सहयोग गरिएको छ।

मे ३ तारिख राष्ट्रिय अन्तरिक्ष प्रशासनले हाइखौ शहरमा छाङहो नं ६ अन्तर्राष्ट्रिय पेलोड संगोष्ठीको आयोजना गरेको छ। पाकिस्तान, फ्रान्स, इटलीलगायत १२ वटा मुलुकका अन्तरिक्ष संस्था तथा चीनका लागि राजदूताबास, संयुक्त राष्ट्र संघ, युरोप अन्तरिक्ष ब्यूरोलगायत अन्तर्राष्ट्रिय संगठनका लगभग ५० जना अतिथिले हाइनानमा भेला भएर संयुक्त सल्लाह गरी छाङहो नं ६ डिटेक्टरको प्रक्षेपणको साक्षी बसेका छन्।