नेपालको निजी क्षेत्रसँग साझेदारी बढाउँदै एडीबी
2024-05-03 15:58:43cri
Share with:



अन्तर्राष्ट्रिय वित्त संस्था एसियाली विकास बैंक (एडीबी) को दक्षिण, मध्य र पश्चिम एसिया मामिलासम्बन्धी उपाध्यक्ष यिङमिङ याङले नेपाल सरकारका विकास प्राथमिकताहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उपाध्यक्ष याङले मंगलबार निजी क्षेत्रको विकास र जलवायु परिवर्तनसँगै विपद् जोखिम व्यवस्थापनमा सहयोग जारी राख्ने बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ

अर्थमन्त्री वर्षमान पुनसँग पनि उपाध्यक्ष याङले गत शुक्रबार भेट गर्नु भएको थियो। यी भेटघाटका क्रममा उहाँले विशेषतः गरिबीको दर घटाउनेजस्ता नेपालका सामाजिकआर्थिक प्रगतिको प्रशंसा गर्दै नेपाल र एडीबीबीचको दीर्घकालीन साझेदारीमा जोड दिनुभयो निकट भविष्यमै नेपालका लागि बन्न लागेको कन्ट्री पार्नटरसिप स्ट्राटेजी २०२५२०२९बारे पनि छलफल गरेको एडीबीले जनाएको छ उक्त रणनीति विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्कसँगै संयुक्त रूपमा तयार हुने क्रममा छ

चारदिने नेपाल भ्रमणका अवसरमा याङले लगानी सम्मेलनमा पनि सहभागिता जनाउनुभयो आफ्नो किनोट स्पिचमा उहाँले एडीबीले नेपालमा निजी क्षेत्रसँगको आफ्नो सहकार्यलाई अझै विस्तार गर्न प्रयासरत रहेको उल्लेख गर्नुभयो एडीबीले सार्वजनिकनिजी साझेदारीका लागि कारोबारसम्बन्धी परामर्श सेवासँगै एसिया प्यासिफिक प्रोजेक्ट प्रिपरेसन फसिलिटिमार्फत स्रोत उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्ने याङको भनाइ छ जलवायु परिवर्तनसम्बन्धी पहलका लागि सहुलियतपूर्ण अनुदानका स्रोत परिचालन गर्नेबारे पनि उहाँले प्रतिबद्धता जनाउनुभयो गत आइतबार मातातीर्थ सबस्टेसन उद्घाटनका क्रममा याङले नेपालको ऊर्जा क्षेत्र विकासमा एडीबीको भूमिकाप्रति गर्व लागेको धारणा व्यक्त गर्नु भएको थियो। मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दीकाठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको प्रधानमन्त्री दाहालले उद्घाटन गर्नु भएको थियो।