चिनियाँ नयाँ उपभोग्य बजारको वृद्धि
2024-05-03 16:07:01CRI
Share with:

हरेक वर्ष मे महिनाको पहिलो पाँच दिन चिनियाँहरूका लागि मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस र मे ४ युवा दिवस मनाउन सार्वजनिक बिदा हुन्छ। जसलाई सामान्यतया "सानो लामो छुट्टी" भनिन्छ। यो वर्षभरि चीनको उपभोक्ता बजारका लागि सबैभन्दा सक्रिय शिखर अवधि मध्ये एक हो, जसमा पर्यटन उपभोग, हरित उपभोग, प्रयोगात्मक उपभोग र स्मार्ट उपभोगजस्ता नयाँ उपभोग आर्थिक विकासलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण वृद्धि बिन्दु बनेको छ।

चीनको नयाँ विकास ढाँचामा, उपभोग आर्थिक वृद्धिको पहिलो प्रेरक शक्ति हो, जसमध्ये नयाँ उपभोग उपभोक्ताको माग विस्तार गर्ने एउटा महत्वपूर्ण शक्ति हो। यी नयाँ प्रकारका उपभोगहरू चीनको हालको उपभोग विकासका लागि शक्तिको महत्वपूर्ण स्रोत हुन्, नयाँ उपभोग ढाँचाको नेतृत्व गर्ने, नयाँ उपभोग तातो ठाउँहरू फैलाउने र नयाँ आर्थिक वृद्धि बिन्दुहरूलाई उत्प्रेरित गर्ने छ।

नयाँ उपभोगका लागि बजार कति ठूलो छ? उदाहरणका रूपमा नयाँ ऊर्जा वाहनहरू लिन सकिन्छ। चीनमा बिक्री हुने प्रत्येक १० नयाँ कारहरूमध्ये ४ वटा नयाँ ऊर्जाका छन्। यो अनुपात अझै बढिरहेको छ। यो बुझ्न गाह्रो छैन किन अमेरिका र युरोपका नयाँ ऊर्जा वाहन कम्पनीहरू र औद्योगिक शृङ्खला आपूर्तिकर्ताहरू सबै आफ्नो उपस्थिति स्थापित गर्न चीनमा हतारिएका छन्।

१ अर्ब ४० करोड जनसंख्या र ४० करोड भन्दा बढी मध्यम आय समूह भएको चीन विश्वको दोस्रो ठूलो उपभोक्ता बजार र सामानको सबैभन्दा ठूलो व्यापारिक मुलुक हो। विस्तारित उपभोक्ता माग, विशेष गरी नयाँ उपभोक्ता माग, चीनका लागि यो आर्थिक वृद्धिलाई बढावा दिने शक्तिको स्रोत होविश्वका लागि चीनको बढ्दो नयाँ उपभोक्ता बजारको अर्थ असीमित व्यापार अवसरहरू हुन्।