"पैचिङदेखि पेरिससम्म - चिनियाँ र फ्रान्सेली कलाकारहरूको ओलम्पिक यात्रा" चिनियाँ कला प्रदर्शनी
2024-05-04 16:14:52cri
Share with:

सिएमजी, फ्रान्सेली राष्ट्रिय ओलम्पिक तथा खेलकुद समिति, फ्रान्सेली व्यावसायिक फुटबल लिग र थुप्रै फ्रान्सेली कला संस्थाहरूद्वारा सह-प्रायोजित चिनियाँ कला प्रदर्शनी "पैचिङदेखि पेरिससम्म - चिनियाँ र फ्रान्सेली कलाकारहरूको ओलम्पिक यात्रा" मे ६ तारिख सुरु हुनेछ।

 

यस कला प्रदर्शनीमा १०० भन्दा बढी उत्कृष्ट समकालीन चिनियाँ कलाकारहरूद्वारा २०० भन्दा बढी ललित कार्यहरू प्रदर्शन गरिनेछ। जसमा चिनियाँ चित्रकला, सुलेखन, तेल चित्रकला, मूर्तिकला, मल्टिमिडिया कला र अमूर्त सांस्कृतिक सम्पदा जस्ता क्षेत्रहरू समेटिएका छन्। फ्रान्स र विश्वभरिका दर्शकहरूलाई पूर्वी सौन्दर्यशास्त्र र चिनियाँ कलाको विविधता र खुलापनको भावनामा पूर्ण दायरा प्रदर्शन हुँदैछ।

 

थाहाभए अनुसार यो प्रदर्शनी मे ७ तारिखदेखि मे १८ तारिखसम्म सर्वसाधारणका लागि खुला रहनेछ।