चीन-हंगेरी संयुक्त रूपमा "बेल्ट एण्ड रोड" निर्माणमा व्यावहारिक सहयोगसम्बन्धी वार्षिक सम्मेलन
2024-05-04 16:35:37cri
Share with:

चीन-हंगेरी संयुक्त "बेल्ट एण्ड रोड" निर्माणमा व्यावहारिक सहयोगसम्बन्धी वार्षिक सम्मेलन मे २ तारिख बुडापेस्टमा सम्पन्न भएको छ।

चीन र हंगेरीका सरकारी अधिकारीहरू, वाणिज्य र व्यापारिक सर्कलका प्रतिनिधिहरूका साथमा दुवै देशका प्रमुख सञ्चारमाध्यमहरू र थिंक ट्याङ्कका प्रमुखहरूलगायत करिब २०० व्यक्तिहरूले गहिरो आदानप्रदान गरेका छन्। सम्मेलन धेरै व्यावहारिक सहयोगको नतिजामा पुगेका छ। संयुक्त रूपमा "बेल्ट एण्ड रोड" निर्माणमा चीन-हंगेरी सहयोगमा जीवन्तता थपिएको छ। यो सम्मेलनको मुख्य विषय चीन र मध्य-पूर्वी युरोप बीचको सहयोगको दिशामा नेतृत्व गर्दै-विकासका अवसरहरूको साझेदारी रहेको छ।

हंगेरीका अर्थमन्त्री नागी मार्टोनले हंगेरी र चीनले संयुक्त रूपमा "बेल्ट एण्ड रोड" निर्माणमा फलदायी नतिजा हासिल गरेको बताउनुभयो। उहाँले हंगेरी-सर्बिया रेलवे यस सहकार्यको महत्वपूर्ण अभिव्यक्ति भएको उल्लेख गर्नुभयो। हंगेरीले चीनसँग पूर्वाधार निर्माण, उच्च प्रविधि र अन्य क्षेत्रमा पारस्परिक रूपमा लाभदायक सहयोगलाई सुदृढ गर्ने बताउँदै चीन र युरोपलाई जोड्ने लिंकका रूपमा सेवा गर्दै आफ्नै फाइदाहरू पूरा गर्न इच्छुक रहेको उहाँले बताउनुभयो।