फ्रान्सेली सञ्चारमाध्यममा सी चिनफिङको हस्ताक्षर सहितको लेख प्रकाशित
2024-05-05 23:46:06cri
Share with:

मे ५ तारिख फ्रान्सको राजकीय भ्रमणका लागि पेरिस पुग्नु भएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सेली अखबार फिगारोमा "चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने आत्माको उत्तराधिकारी र संयुक्त रूपमा विश्व शान्ति र विकासको प्रवर्द्धन" शीर्षकमा हस्ताक्षर सहितको लेख प्रकाशित गर्नुभयो। उहाँका अनुसार यो वर्ष चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव हो।

६० वर्ष अगाडि जनरल चार्ल्स डे गौलेले समयको रणनीतिक दृष्टिकोणका आधारमा नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गर्नु भएको थियो। चीन र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापनाले पूर्व र पश्चिमबीचको पुल निर्माण गरेको छ र वार्ता तथा सहयोगको दिशामा अन्तर्राष्ट्रिय सम्बन्ध विकासलाई पनि प्रवर्द्धन गरेको छ।

इतिहास सर्वोत्तम शिक्षक रहेको सी चिनफिङले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ। उहाँले संसार आज धेरै अस्थिर रहेको र फेरि एक पटक धेरै जोखिमहरूको सामना गर्नु परेको लेख्नु भएको छ। चीनले फ्रान्ससँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने भावनाको प्रसार गर्न, चीन-फ्रान्स व्यापक रणनीतिक साझेदारीको निरन्तर विकासको प्रवर्द्धन गर्न र विश्वमा सहयोग सुदृढ गर्न नयाँ योगदान पुर्‍याउन फ्रान्ससँग प्रयास गर्न इच्छुक रहेको कुरामा जोड दिनु भएको छ।