सन् २०२४ बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेला आयोजित-२
2024-05-06 11:27:17cri
Share with:

यस पटकको मेलामा फ्रान्कफर्टका लागि चिनियाँ संस्कृति तथा पर्यटन कार्यालयले पैचिङ, शाङहाई, च्याङ सु, च च्याङ, क्वाङ तोङ, हाई नान तथा स छ्वान लगायत प्रान्त तथा नगरपालिकाका प्रशासनिक विभाग, पर्यटन व्यवसाय तथा वायु कम्पनी लगायतका निकायहरुलाई ४०७ वर्गमिटरको चिनियाँ प्रदर्शन क्षेत्रमा चिनियाँ पर्यटनको छवि देखाउन र चिनियाँ संस्कृति तथा पर्यटन स्रोत गहन रुपमा प्रचार प्रसार गर्न स्थान उपलब्ध गराएको छ। जर्मनीको एउटा कम्पनीका जिम्मेवार व्यक्ति स्भेन मियेरले यसरी भन्नुभयो,

चालू वर्ष चिनियाँ हल फेरि बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेलामा देखिएकोमा मलाई धेरै खुसी लाग्यो, चीनको प्रदर्शन क्षेत्र निकै सुन्दर तथा फराकिलो छ। जर्मनहरुका लागि चीनको यात्रा गर्ने एउटा स्थायी आकर्षण भनेको चिनियाँ संस्कृति हो। त्यसैले यस पटक चिनियाँ हलले संस्कृति तथा पर्यटनलाई मिसाएको कुरा निकै राम्रो छ। चिनियाँ सभ्यताको ५ हजार वर्षको इतिहास छ। चीनका धेरै दृश्यावलोकन स्थललाई विश्व सांस्कृतिक सम्पदा सूचिमा राखिएको छ। चीनको यात्रा गर्न लायक छ। विशेष गरी चीनले जर्मनीका लागि १५ दिनसम्म निःशुल्क भिसा प्रदान गरी जर्मनीको पर्यटन बजारमा विशाल प्रेरक शक्ति थपेको छ। ट्राभल एजेन्सी र वायु कम्पनीले चीनको यस सुविधाजनक नीतिको निकै स्वागत गरेका छन्। हामी चीनको यात्रा सम्बन्धी अरु निहित शक्ति फेला पार्न सक्ने अपेक्षामा छौँ। यस क्षेत्रमा जर्मन बजारको असिमित निहित शक्ति छ। मेरो विचारमा हरेक जर्मन आफ्नो जीवनमा एक पटक चीन घुम्नुपर्छ।

 

मियेरले भन्नुभए झैँ यस वर्षको चिनियाँ प्रदर्शन क्षेत्रको डिजाइनमा “संस्कृति तथा पर्यटन जोड्ने” विशेषता देखा परेको छ। हरेक पसलले चीनको पर्यटनको विशेष आकर्षण तथा पर्यटनको प्रशस्त स्रोतको प्रदर्शन गरेको छ।

 

जर्मनीको एउटा पर्यटन व्यवसायका जिम्मेवार व्यक्ति थोमास बोहलान्डरले सन् १९८५ मा आफूले पहिलो पटक चीन घुमेको बताउँदै विगत करिब ४० वर्षको अवधिमा धेरै पटक चीन घुम्दा आफूले नयाँ कुरा पत्ता लगाएको व्यक्त गर्नुभयो।

पर्यटन सम्बन्धी महत्त्वपूर्ण मुलुकको रुपमा चीन बर्लिन अन्तर्राष्ट्रिय पर्यटन मेलामा पुन:सहभागी भएको कुरा निकै प्रोत्साहनजनक छ। चीन सरकारले जर्मनी लगायत केही मुलुकहरुलाई लक्षित १५ दिनसम्मको निःशुल्क भिसा प्रदान गर्ने नीति एकदम राम्रो छ। धेरै पर्यटकहरुले दुई साता लामो चीनको यात्रा बारे जान्न खोजेका छन् र हामीले त्यसतर्फ ध्यान दिएका छौँ। जर्मनी र युरोपका अरु बढी पर्यटकहरुले चीन भ्रमण गरोस् भन्ने मेरो इच्छा छ। किनभने प्रायजसो विदेशीहरुलाई चीनबारे कम जानकारी छन्। चीन एउटा रङ्गीचङ्गी तथा आकर्षक मुलुक हो।