चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सव साँस्कृतिक आदानप्रदान कार्यक्रम पेरिसमा
2024-05-06 20:19:25CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजकीय भ्रमण गर्दै गर्दा चाइना मिडिया ग्रुप (सीएमजी)ले ६ तारिख पेरिसमा चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सव सम्बन्धी साँस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

सो अवसरमा सीएमजीले चीन र फ्रान्सबाट संयुक्त रूपमा बनाइएका धेरै उत्कृष्ट भिडियो तथा चलचित्र प्रसारण गर्नुका साथै यूरो न्यूजसँग सहयोगात्मक समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

फ्रान्सेली संविधान समितिका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री लाउरेन्ट फाबियूस, फ्रान्सका पूर्व प्रधानमन्त्री एवम् दूरदर्शिता र नवीनता कोभका अध्यक्ष जिन पियरे राफ्फारिन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्यौङ, फ्रान्सका पूर्व वातावरण मन्त्री एवम् राष्ट्र संघीय उपमहिचिव ब्रिस लालोंडे आदिले समारोहमा सम्बोधन गर्नुभएको छ।