चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट फ्रान्सेली राष्ट्रपति र यूरोपेली आयोगका अध्यक्षसँग वार्ता
2024-05-06 19:01:53CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स्थानीय समयअनुसार ६ तारिख बिहान एलिसी प्यालेसानमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र यूरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लेयेनसँग त्रिपक्षीय वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, फ्रान्स चालू वर्ष उहाँले भ्रमण गर्नुभएको पहिलो गन्तव्य हो। यो त्रिपक्षीय वार्ताले यूरोप भ्रमणको अर्थलाई बढाएको छ। चीनले सुरूदेखि रणनीतिक उचाइ र दीर्घकालीन रुपबाट चीन र यूरोपको सम्बन्धमाथि नजर पुर्याउँदै चिनियाँ विशेषतायुक्त ठूलो देशको कूटनीतिको महत्वपूर्ण दिशा र चिनियाँ शैलीको आधुनिकीकरण गर्ने महत्वपूर्ण साझेदारीको रूपमा यूरोपलाई महत्व दिएको छ। उहाँले चीन र फ्रान्स, चीन र यूरोपको सम्बन्धलाई घच्घच्याएर साझा विकास गर्ने आशा व्यक्त गर्नुभएको छ। 

वर्तमान विश्व नयाँ सुधार अवधिमा प्रवेश गरेको छ। विश्वका दुइ महत्वपूर्ण शक्ति भएका चीन र यूरोपले साझेदारी स्थिति र वार्ता तथा सहकार्य कायम राखेर रणनीतिक आदानप्रदानलाई गहन पार्ने, रणनीतिक विश्वासलाई बढाउने, रणनीतिक सहमति गर्ने र रणनीतिक सहकार्य गर्ने गरी चीन र यूरोपको सम्बन्धको स्वस्थ विकास गरेर विश्व शान्ति तथा विकासका लागि निरन्तर रूपमा नयाँ योगदान दिनुपर्छ।