“सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” (अन्तर्राष्ट्रिय संस्करण) फ्रान्सका मुख्य सञ्चार माध्यममा प्रसारित
2024-05-06 19:25:26CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजकीय भ्रमण गर्दै गर्दा चाइना मिडिया ग्रुपबाट बनाइएको “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” (अन्तर्राष्ट्रिय संस्करण)को प्रकाशित समारोह ६ तारिख पेरिसमा आयोजित भयो।

फ्रान्सेली संविधान समितिका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री लाउरेन्ट फाबियूस, फ्रान्सका पूर्व प्रधानमन्त्री एवम् दूरदर्शिता र नवीनता कोभका अध्यक्ष जिन पियरे राफ्फारिनले बधाइ पठाउनुभएको छ। यो कार्यक्रम डेली मोसन, यूरो न्यूजलगायत फ्रान्सका मुख्य सञ्चार माध्यममा प्रसारण गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्यौङ, फ्रान्सका पूर्व वातावरण मन्त्री एवम् राष्ट्र संघीय उपमहिचिव ब्रिस लालोंडेले समारोहलाई सम्बोधन गर्दै यूरोन्यूज सञ्चालक समितिका अध्यक्षसँगै कार्यक्रम प्रकाशन गर्नुभएको छ।