भविष्यको बारेमा सँगै कुरा गरौं! "चिनियाँ आधुनिकीकरणको बुझाइ :चीन-फ्रान्सेली युवा वार्ता"
2024-05-06 06:20:47cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको फ्रान्सको राजकीय भ्रमणका अवसरमा स्थानीय समयानुसार मे ५ तारिख चाइना मिडिया ग्रुप, पेरिस संयुक्त राजनीति विश्वविद्यालय,पेरिस संयुक्त अन्तरकलेज समिति,चीनको चिनान  विश्वविद्यालयको संयोजनमा आधुनिकीकरण - चीन-फ्रान्सेली युवा वार्ता पेरिसमा आयोजित भयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङ, फ्रान्सका पूर्व राज्य, संस्कृति तथा शिक्षामन्त्री ज्याक लाङ र चीनका लागि फ्रान्सका पूर्व राजदूत बाई लिनले उक्त कार्यक्रममा भाग लिँदै सम्बोधन गर्नुभएको छ। 

शन हाइस्योङका अनुसार ६० वर्षअघि चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै देशले एकअर्कालाई सम्मान गर्दै समृद्ध सहयोगको नतिजा सिर्जना गर्न मिलेर काम गरेका छन्। चिनियाँ र फ्रान्सेली सभ्यताहरूले एकअर्कालाई प्रशंसा र आकर्षित गर्छन्, र आदानप्रदान र आपसी सिकाइको गति कहिल्यै रोकिएको छैन । युवा शक्तिले भरिएको एक अन्तर्राष्ट्रिय मूलधारको सञ्चारमाध्यमका रूपमा  चाइना मिडिया ग्रपले आदानप्रदानको लागि संवाद मञ्च निर्माण कार्य जारी राख्नेछ। जसले गर्दा थप युवाहरूले नयाँ युगमा चीनको अद्वितीय आकर्षण र आधुनिक सभ्यता निर्माणमा चिनियाँ राष्ट्रको बलियो जीवन शक्तिलाई बुझ्न सक्नेछन्।