संयुक्त राष्ट्र संघसँग मानव अधिकार व्यवस्थामा रचनात्मक आदानप्रदान तथा सहयोग गर्न चीन इच्छुक
2024-05-06 16:52:30CRI
Share with:

चीनको निमन्त्रणामा राष्ट्र संघीय मानव अधिकार समितिअन्तर्गत मानव अधिकारका लागि एकपक्षीय बलजफ्ती कदमको नकारात्मक प्रभावसम्बन्धी विशेष प्रतिवेदन प्रस्तुतकर्ता एलेना दुहान ६ तारिखदेखि १७ सम्म चीनको भ्रमणमा हुनुहुन्छ। उहाँले चीन सरकारका सम्बन्धित विभाग, व्यवसाय, संघ संस्था, सामाजिक संगठनसँग वैचारिक आदानप्रदान गर्नुहुनेछ। आपसी सम्मानका आधारमा मानव अधिकार समितिको विशेष व्यवस्था लगायत राष्ट्र संघीय मानव अधिकार व्यवस्थासँग रचनात्मक आदानप्रदान तथा सहयोग गरेर विश्वको मानव अधिकारको स्वस्थ विकासका लागि योगदान दिन चीन इच्छुक रहेको छ।

६ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्यानले उक्त कुरा बताउनुभएको हो।