फ्रान्सका राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सीको सहभागिता
2024-05-06 22:11:09CRI
Share with:

फ्रान्सको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसमा आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा सहभागिता जनाउनुभएको छ। 

म्याक्रोनसँगै चिनियाँ राष्ट्राध्यक्ष सीले फ्रान्सेली रिपब्लिकन गार्ड र स्थल सेना, नौ सेना र वायु सेनाको निरीक्षण गर्नुभएको छ। स्वागत समारोहपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी धर्मपत्नी श्रीमती फङ लीयुआन कारबाट एलिसी प्यालेस पुग्नुभएको छ।