मे दिवस विदाको सांस्कृतिक पर्यटन उत्साहबाट चीनको जीवन्त अर्थतन्त्र देखाइएको
2024-05-06 15:23:18CRI
Share with:

चालु वर्षको मे दिवस विदाको अवधिमा चीनको सांस्कृतिक पर्यटन बजार निकै समृद्ध देखिएकाले विभिन्न स्थानका पर्यटकीय स्थलमा मानिसको भीड हुनुका साथै उपभोग्य बजारको जीवन्त शक्ति पनि स्पष्टसँग बढेको छ।

प्रारम्भिक तथ्याङ्क अनुसार, मे १ देखि ५ तारिखसम्म चीनभरि विविध क्षेत्रमा आवत-जावत गरिएको कुल जनसंख्या झण्डै १ अर्ब ३६ करोड पुगेको छ भने प्रतिदिन २७ करोड बढी नाघेको छ।

यसका अतिरिक्त सीमाभित्र प्रवेश गर्ने नियम सरल बन्दै गएको सिलसिलामा यसै मे १ विदा अवधिमा चीनमा प्रवेश गरिएको पर्यटकको संख्या गत वर्षको सोहि अवधिको तुलनामा १०५ प्रतिशतले वृद्धि भएको छ। साथै, सीमा पार यात्रा गर्ने चिनियाँ पर्यटकहरू विश्वका लगभग २०० वटा मुलुकमा पुगेका छन्।