सी चिनफिङ र म्याक्रोनद्वारा संयुक्त रुपमा प्रेस भेटघाट
2024-05-07 02:33:18cri
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसस्थित एलिसी प्यालेसमा वार्ता गर्नुभएपछि पत्रकारसँग संयुक्त रुपमा साक्षात्कार गर्नुभएको छ।

सी चिनफिङले राष्ट्रपति म्याक्रोनको निमन्त्रणामा चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा फ्रान्सको राजकीय भ्रमण गरेकोमा खुशी लागेको कुरा बताउनुभयो। उहाँले राष्ट्रपति म्याक्रोनसँग फलदायक वार्ता गर्नुभयो। 

सीले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुक र जिम्मेवार मुलुकको रुपमा चीनले फ्रान्ससँग पेरिस ओलम्पिक खेलकुदलाई एक मौकाको रुपमा लिएर खेलकुद अवधिमा विश्वभरि युद्ध विरामका लागि प्रस्ताव गर्ने कुरा बताउनुभयो।

सीले चीनले गाजालाई चौतर्फी युद्ध विरामका लागि पहलकदमी चाल्न समर्थन गरेको भन्दै  प्यालेष्टाइनलाई संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुक बन्न समर्थन दिएको कुरा बताउनुभयो।  

युक्रेन संकटबारे सीले चीनले धेरै पटक अडानबारे ब्याख्या गरेको र शान्तिका लागि सधैँ नै सकारात्मक भूमिका निर्वाह गरिरहेको कुरा बताउनुभयो। 

सीले चालू वर्ष नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव हो भन्दै ७५ वर्षको प्रयासपछि चीन र चिनियाँ जनताको जीवनमा ठूलो परिवर्तन आएको कुरा व्यक्त गर्नुका साथै चीनले फ्रान्सलगायतको विश्वको विभिन्न मुलुकसँग मिलेर पारस्परिक सम्मानका आधारमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको विकास गर्ने कुरामा जोड दिनुभयो।