चाइना मिडिया ग्रुपको “पैचिङबाट पेरिसतर्फ——चिनियाँ र फ्रान्सेली कलाकारबीचको ओलम्पिक यात्रा”नामक चिनियाँ कला प्रदर्शनी पेरिसमा
2024-05-07 05:39:24cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजकीय भ्रमण गर्दै गर्दा स्थानीय समयअनुसार मे ६ तारिख चाइना मिडिया ग्रुप, फ्रान्सेली राष्ट्रिय ओलम्पिक तथा खेलकुद समिति, फ्रान्सेली व्यावसायिक फुटबल लिग, फ्रान्सका अनेकौँ कला संस्थाहरूद्वारा संयुक्त रुपमा आयोजना गरिएको “पैचिङबाट पेरिसतर्फ——चिनियाँ र फ्रान्सेली कलाकारबीचको ओलम्पिक यात्रा” नामक चिनियाँ कला प्रदर्शनी पेरिसमा शुरू भएको छ। 

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले चाइना मिडिया ग्रुपको “पैचिङबाट पेरिसतर्फ——चीन र फ्रान्सका कलाकारहरूको ओलम्पिक यात्रा”नामक चिनियाँ कला प्रदर्शनीमा एक सय जनाभन्दा बढी चिनियाँ कलाकारको दुई सय वटा कलाकृति प्रदर्शन गरिएको, यसले चीनले आधुनिक सभ्यताको निर्माण गर्ने प्रक्रियाको कलात्मक उपलब्धि देखाएको कुरा बताउनुभयो। 

फ्रान्सेली राष्ट्रिय ओलम्पिक तथा खेलकुद समितिका अध्यक्ष लापार्टिन्टले  फ्रान्सेली राष्ट्रिय ओलम्पिक तथा खेलकुद समितिले चाइना मिडिया ग्रुपसँग यस पटकको कला प्रदर्शनीको आयोजना गरेकोमा गौरब लागेको कुरा बताउनुभयो। उहाँले आयोजना हुन लागेको पेरिस ओलम्पिक खेलकुदले विश्व मित्रतालाई प्रचार-प्रसार गर्ने र शान्तिको आह्वान गर्ने कुरा बताउनुभयो।