चीन र फ्रान्सद्वारा कृत्रिम बुद्धिमत्ता तथा विश्वव्यापी शासन सम्बन्धमा संयुक्त वक्तव्य
2024-05-07 15:37:16cri
Share with:

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निमन्त्रणामा जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे ५ तारिखदेखि ७ तारिखसम्म फ्रान्सको राजकीय भ्रमण गर्नुभएको छ।

दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा फ्रान्सका राष्ट्रपतिको सन् २०२३को अप्रिल ५ तारिखदेखि ७ तारिखसम्मको चीन भ्रमण क्रममा भएको सहमतिलाई अझ गहन बनाउने र सहयोगका लागि नयाँ च्यानलहरू खोल्ने संयुक्त प्रतिबद्धतालाई दुवै राष्ट्राध्यक्षले दोहोर्‍याउनुभएको छ।

दुवै राष्ट्र प्रमुखहरूले विश्वव्यापी चुनौतीहरूको दिगो समाधान गर्न गराउन दुई देशबीचको निरन्तर वार्ताको महत्वप्रति विश्वास देखाउनुभएको छ। चीनले सन् २०२३ को जुनमा हुने नयाँ ग्लोबल फाइनान्सिङ कम्प्याक्ट शिखर सम्मेलनको अनुगमन समितिको बैठकमा उपयुक्त तहमा भाग लिने र “मानव र ग्रहका लागि पेरिस सम्झौता” को गम्भीरताका साथ अध्ययन गर्नेछ।

यस उद्देश्यका लागि सन् २०२३ को अप्रिल ७ तारिखमा "चीन-फ्रान्स संयुक्त वक्तव्य" मा भएको सहमतिको आधारमा दुई राष्ट्र प्रमुखहरू विशेष गरी कृत्रिम बुद्धिमत्तामा सहमतिको श्रृंखलामा पुग्नुभएको छ।