मध्य-पूर्व परिस्थितिबारे चीन र फ्रान्सद्वारा संयुक्त वक्तव्य प्रकाशित
2024-05-07 15:00:47cri
Share with:

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे ५ तारिखदेखि ७ तारिखसम्म फ्रान्सको राजकीय भ्रमण गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकले मध्य-पूर्व परिस्थितिबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ। यससम्बन्धमा चीन र फ्रान्सले संयुक्त वक्तव्य पनि प्रकाशित गरेको छ।

 

सो संयुक्त वक्तव्यका अनुसार, तुरुन्तै युद्धविराम गर्नु हालको जरुरी कुरा भएको कुरामा दुई मुलुकका राष्ट्रनायकले जोड दिँदै गाजा क्षेत्रमा ठूलो परिमाणमा मानवतावादी उद्धार गर्नुपर्ने तथा सर्वसाधारणको संरक्षण गर्नुपर्ने, थुनिएका सबै बन्धकहरुलाई शर्तरहित रिहा गर्नुपर्ने, संयुक्त राष्ट्र संघका सम्बन्धित निर्णय प्रस्तावको तुरुन्तै पालना गर्नुपर्ने आह्वान गर्नुभएको छ।