चीन र फ्रान्सद्वारा जैविक विविधता र समुद्री सम्बन्धी सहयोगलाई बढाउन संयुक्त वक्तव्य प्रकाशित
2024-05-07 15:37:56cri
Share with:

      समुद्री राष्ट्र र जैविक विविधताको ठूला मुलुकहरुको रुपमा चीन र फ्रान्सले समुद्र र समुद्री तटवर्ती पर्यावरणीय प्रणालीको संरक्षण गर्ने विशेष कार्यभार र साझा महत्वाकाँक्षा पुनःघोषणा गरेका छन्। अध्यक्ष मुलुकको रुपमा चीनले सफलताका साथ《जैविक विविधता सन्धी》को १५औँ सम्मेलनको आयोजना गर्दै खुनमिङ-मोन्ट्रियल ग्लोबल जैविक विविधता प्रारुप पारित गरेको छ। जैविक विविधता र समुद्री सम्बन्धी सहयोगलाई बढाउनका लागि चीन र फ्रान्सले दुवै पक्षद्वारा अनुमोदित अन्तर्राष्ट्रिय सन्धिबमोजिम सम्बन्धी गतिविधि गराउने छन्। दुबै राष्ट्रहरुले“संयुक्त राष्ट्र सँघको समुद्री विज्ञानले दिगो विकास दश वर्षको प्रवर्द्धन २०२१-२०३०”को समर्थन गरेका छन्।