फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा आयोजित स्वागत भोजमा चीनका राष्ट्राध्यक्ष सी उपस्थित
2024-05-07 10:21:35CRI
Share with:


स्थानीय समयअनुसार मे ६ तारिख राती, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लीयुआन पेरिसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र श्रीमती ब्रिगिट्टेले आयोजना गर्नुभएको स्वागत भोजमा उपस्थित हुनुभएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनलाई स्वागत भोज समारोह स्थलमा पुगेपछि म्याक्रोन र ब्रिगिट्टेले उहाँहरूको स्वागत गर्नुभएको थियो।

सो स्वागत भोजको क्रममा, चीनका राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ की चीन र फ्रान्स विशेष साथी हुन्। विश्वमा भएका सम्बन्धहरूमा चीन र फ्रान्सबीचको सम्बन्ध विशेष छ।

स्वाधीनताको विशेषता स्पष्टसँग देखिन्छ। दुई देशबीचका आदानप्रदानहरू र सहकार्यहरूमा हरेक हाइलाइटले स्वाधीनतालाई भित्र्याउँछन्।

पारस्परिक बुझाइबाट विशेषता स्पष्टसँग देखिन्छ। पूर्वी र पश्चिमी सभ्यताका प्रतिनिधिको रूपमा, दुई देशले एकआपसबाट सिकिरहेका छन् र आकर्षित गरिरहेका छन्। चालु वर्ष चीन-फ्रान्स सांस्कृतिक पर्यटन वर्ष हो। दुई देशले सो अवसरमा आपसी संस्कृतिमा थप कुराहरू खोज्ने विश्वास छ।

जिम्मेवारीबाट पनि विशेषता स्पष्टसँग देखिन्छ। चीन-फ्रान्सबाट संयुक्त रूपमा विश्वमा लाभ सिर्जना गर्ने इतिहास देख्न सकिन्छ। दुई देश दुवै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य भएकोले बढी जिम्मेवारी रहेको छ। उहाँले भन्नुभयो, ‘म र राष्ट्रपति म्याक्रोनबीचमा सहमति छ कि संयुक्त रूपमा विश्वमा आशा देखाउन र मानवअघि दिशा खोज्नका लागि उच्च गुणस्तरिय पारस्परिक विश्वास र सहकार्यलाई अझ प्रगाढ बनाउने, महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा आदानप्रदान र सहयोगलाई थप्ने छौँ। मलाई ऐतिहासिक उपलब्धि,हालैका आधारभूत र भविष्यको रूपरेखामा चीन र फ्रान्सबीचको सम्बन्ध वसन्तझैँ जीवन्त हुने विश्वास छ।’