फङ लीयुआनद्वारा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठनको मुख्यालयको भ्रमण
2024-05-07 03:58:47cri
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख विहान चीनका राष्ट्राध्यक्षकी श्रीमती, बालिका र महिलाको शिक्षासम्बन्धी  संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन यूनेस्कोकी विशेष दूत फङ लीयुआनले यूनेस्कोको मुख्यालयको भ्रमण गर्नुभएको छ। 

फङ लीयुआन पुग्नुभएको अवधिमा यूनेस्कोका महाप्रबन्धक ओउड्रे अजोलाइले फङ लीयुआनको हार्दिक स्वागत गर्नुभयो। अजोलाइको साथमा फङ लीयुआनले “चीन र यूनेस्कोको सहयोगको दश वर्षीय उपलब्धि प्रदर्शनी”को अवलोकन गर्नुभयो। 

अजोलाइसँग भेटघाट गर्दै फङ लीयुआनले बालिका र महिलाको शिक्षा कार्यमा चीनको पछिल्लो प्रगतिबारे जानकारी दिनुभयो। फङले चीनले यूनेस्कोसँग विभिन्न पक्षलाई विश्वको बालिका र महिलाको शिक्षामा लगानी लगाउन अगाडि बढाउने, अझै धेरै महिलाहरूलाई समान रुपमा शिक्षा लिने अधिकार पाउन मद्दत दिने, सुन्दर भविष्यको सिर्जना गर्ने कुरा बताउनुभयो। 

अजोलाइले विशेष दूत सम्हाल्नुभएयता फङ लीयुआनले गर्नुभएको काम र योगदानको उच्च मूल्याँकन गर्नुभयो।