सी चिनफिङ र म्याक्रोन चीन-फ्रान्स उद्योग व्यवसायी परिषदको छैठौँ सम्मेलनको समापन समारोहमा उपस्थित
2024-05-07 05:33:07cri
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको पेरिसमा  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग चीन-फ्रान्स उद्योग व्यवसायी परिषदको छैठौँ सम्मेलनको समापन समारोहमा भाग लिनुभएको छ। राष्ट्राध्यक्ष सीले “चीन र फ्रान्सको सहयोगको नयाँ युगको संयुक्त  सिर्जना” विषयक सम्बोधन गर्नुभएको छ। 

सो अवसरमा सी चिनफिङले चालू वर्ष चीन र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापनाको ६० वार्षिकोत्सव हो भन्दै ६० वर्षयता चीन र फ्रान्स फरक सभ्यता, फरक व्यवस्था, फरक विकास स्तरका मुलुकहरूबीच संयुक्त रुपमा अघि बढेको नमूना बनेको कुरा बताउनुभयो। उहाँले ६० वर्षयता चीन यूरोपेली संघबाहिर फ्रान्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको कुरामा जोड दिनुभयो। 

सीले चीनले फ्रान्ससँग चौतर्फी आदान-प्रदान र सहयोगलाई घनिष्ठ पार्ने, दुई मुलुकको सम्बन्धलाई अझै उच्च स्तर र अझै ठूलो उपलब्धि हासिल गर्न अघि बढने कुरा बताउनुभयो। 

सीले चीनले फ्रान्सका उद्योग-व्यवसायहरूलाई चीनको आधुनिकीकरण प्रक्रियामा संलग्न हुन स्वागत पनि गनुभयो।