फङ लीयुआन र फ्रान्सका राष्ट्रपतिकी श्रीमती ब्रिगिटद्वारा ओर्साइ संग्रहालयको अवलोकन
2024-05-07 05:59:56cri
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआन र फ्रान्सका राष्ट्रपति  म्याक्रोनकी श्रीमती ब्रिगिट्टेले पेरिसमा ओर्साइ संग्रहालयको अवलोकन गर्नुभएको छ।  

ब्रिगिट्टेले संग्रहालयको ढोकाअगाडि फङ लीयुआनको स्वागत गर्नुभयो। फङ लीयुआनले चीन र फ्रान्सले आदान-प्रदान गर्नसक्ने र पारस्परिक समझदारीलाई सबल पार्नसक्ने आशा व्यक्त गर्नुभयो। 

दुई मुलुकका राष्ट्रानायक श्रीमतीहरूले त्यहाँ अवलोकन गर्दैआएका फ्रान्सेली विद्यार्थीहरूसँग कुराकानी गर्नुभयो। फङ लीयुआनले सबैलाई चिनियाँ भाषा सिक्न र मौका मिलेमा चीन जान प्रोत्साहन गर्नुभयो। साथै फङले विद्यार्थीहरू चीन र फ्रान्सको मित्रताका दूत बन्नसक्ने र दुई मुलुकका जनताहरूका लागि आदान-प्रदानको पुल बन्नसक्ने आशा पनि व्यक्त गर्नुभयो।