#अल्पसंख्यक जाति# एक सैनिकको विशेष पार्टीको बक्यौता-२
2024-05-07 16:37:17CRI
Share with:

श्री चाउ छिनक्वी, तिब्ब्ती जातीय हुनुहुन्छ। उहाँ सन् १९३७ मा छिङहाइको थुङरेन क्षेत्रमा जन्मनु भएको थियो। सन् १९५१ देखि तत्कालीन १८ औँ सेनामा भर्ना हुनुभएको थियो। त्यसपछि उहाँले छाङ तु क्षेत्रीय सार्वजनिक सुरक्षा ब्युरोका लागि चिनियाँ कम्युनिष्ट पार्टीको शाखाको सचिवमा नियुक्ति समेत पाउनुभएको थियो। सन् २०२२ अगष्टमा उहाँको निधन भएको थियो। उहाँको निधनपछि उहाँकी श्रीमती चेनगाले उहाँको ६७८९ युआनको पार्टीको बक्यौता तिर्न सहयोग गर्नुभएको छ।

 

सन् १९५१ अगष्टमा चाउ छिनक्वी सम्मिलित १८ औँ सेना छिङहाइको स्याङरिदबाट ल्हासा जान प्रस्थान गरेको थियो। त्यस बेला तिब्बतमा प्रवेश गर्न कुनै राजमार्ग थिएन। सैनिकहरूले असंख्य दलदल पार गरेर हावा-हिउँमा ताङगुला पर्वत पर्वतारोहण गरेका थिए। १४ वर्षीय चाउ छिनक्वी ढुवानीको जिम्मेवारी फौजमा हुनुहुन्थ्यो। तिब्बत जाने बाटोमा धेरै सैनिक साथीहरू तल झरेपछि फेरि उक्लिन नसक्ने बताए।

करिब ३ महिनापछि १८औँ सेनाका सैनिकहरू पैदल र घोडाद्वारा मात्र ल्हासा पुगेका थिए। एक वर्षपछि फौजलाई सिगाचेमा तैनाथ गरिएको थियो। चाउ छनक्वी र अरू सैनिकहरूले सधैँ स्थानीय बासिन्दाहरूलाई कृषि कार्य गर्न सहयोग गरेका थिए। राती सैनिकहरूले स्थानिय बासिन्दालाई सांस्कृतिक कार्यक्रम वा चलचित्र पनि देखाउने गरेका थिए। 

सन् १९७१ मा नातेदारहरूको परिचयको माध्यमबाट चाउ छिनक्वी र तत्कालिन कुङ च्यो जिल्लामा शिक्षिकाको रूपमा कार्यरत् चेनगा मायाप्रेममा पर्नुभएको थियो। त्यसबेला यातायात ज्यादै असुविधाजनक थियो। दुईले चिट्ठीबाट माया व्यक्त गरेका थिए। चाउ छिनक्वीबाट चेनगासम्म चिट्ठी पुर्याउन दश दिनभन्दा बढी चाहिन्थ्यो। तर उहाँहरूले हरेक महिना एक आपसलाई दुईपटक चिट्ठी पठाउनुभएको थियो। सन् १९७३ अगष्ट १ तारिख चाउ छिनक्वी र चेनगा बीच विवाह भएको थियो र उहाँहरूको एउटा छोरा पनि छ।

 

“बाल्यकालमै चाउ छिनक्वीका बुवाआमाको मृत्यु भएको थियो। पढ्ने अवसर थिएन। सेनामा भर्ना भएपछि उहाँले संस्कृतिसम्बन्धि अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको थियो। उहाँले मलाई सधैँ सुनाउनुहुन्थ्यो कि फौजले उहाँलाई पढ्न सिकाएको, पार्टीले उहाँलाई अनाथबाट अधिकारीसम्म हुर्काएको छ। त्यसैले उहाँले सधैँ नै पार्टीलाई आभार व्यक्त गर्नुभएको छ।” 

त्यसपछि चाउ छिनक्वीले च्याङच र सिगाचेमा भएका भयंकर बाढी प्रकोपको उद्धार गतिविधि तथा सिमाना युद्धमा भाग लिनुभएको थियो। शान्तिपूर्ण समयमा प्रवेश गरेपछि सन् १९८१ मा चाउ छिनक्वीले तत्कालीन छाङ तु क्षेत्रीय सार्वजनिक व्यूरोमा कार्य गर्नुभएको थियो। 

 

निधनअघि उहाँले आफूलाई यसरी मूल्याङ्कन गर्नुभएको छ-

“मैले तिब्बतको शान्तिपूर्ण मुक्तिको अनुभव गर्दै धेरै युद्ध-लडाइँमा भाग लिएको थिएँ। तिब्बतको ठूलो परिवर्तनको दर्शन गरेर मलाई ज्यादै सुखद लागेको छ।”