सर्बियाको सञ्चारमाध्यममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको हस्ताक्षरसहितको लेख प्रकाशित
2024-05-07 15:02:39CRI
Share with:

मे ७ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सर्बियाको राष्ट्रिय भ्रमणकै क्रममा रहनुहुँदा सर्बियाको “राजनैतिक पत्रपत्रिका” नामक सञ्चारमाध्यममा “नजिकै मित्रताको प्रकाशद्वारा चीन-सर्बिया सहकार्य पथलाई उज्यालो बनाउने” शीर्षकमा लेख प्रकाशित गर्नुभएको छ।

उहाँका अनुसार, चीन-सर्बिया दुई देश सत्यनिष्ठ साथी हुन् र राम्रा साझेदार पनि हुन्। एकआपसमा सम्मान र विश्वास गरिरहेकाले दुई देशबीच विस्तृतरूपमा रणनीतिक सम्बन्ध मजबुत बनाउँदै गएको छ। पारस्परिक लाभको पालना गरेर नजिकसँगको सहकार्यमार्फत दुई देशको आधुनिकीकरण प्रक्रियालाई अघि बढाइने छ। एकअर्कालाई मद्दत गर्दै मित्रता बहुमूल्य बन्दै गएको छ। मित्रताले लामो इतिहास पार गरेर अझ दृढ बनेको छ जसले दुई मुलुक र जनताहरूबीच अग्रणी नमुना बनेको छ। र विस्तृत रणनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि सच्चा रूपमा नजिकैको राम्रो साथी बनेका छौँ। सहकार्यमा साझा लाभ खोज्ने समझदारीसँगै विकासको अवसरलाई संयुक्त रूपमा साझा गर्ने र उज्यालो भविष्यको सिर्जना गर्ने छ।