चीन र फ्रान्सले पेरिस ओलम्पिक खेलकुदलाई मौकाको रुपमा अपनाएर खेलकुद अवधिमा विश्वभरि युद्ध विरामका लागि प्रस्ताव गर्नेः सी चिनफिङ
2024-05-07 01:39:30cri
Share with:
स्थानीय समयअनुसार मे ६ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पत्रकारसँग संयुक्त रुपमा साक्षात्कार गर्नुभएको छ।
सो अवसरमा सी चिनफिङले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुक र जिम्मेवार मुलुकको रुपमा चीनले फ्रान्ससँग पेरिस ओलम्पिक खेलकुदलाई एक मौकाको रुपमा लिएर खेलकुद अवधिमा विश्वभरि युद्ध विरामका लागि प्रस्ताव गर्ने कुरा बताउनुभयो।