चिनियाँ बीवाईडीका अधिकारीसँगको भेटमा नेपालमा विद्युत्तीय कारमा कर नबढ्ने प्रधानमन्त्री दाहालको भनाइ
2024-05-07 15:18:53CRI
Share with:

नेपालमा आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय गाडीमा कर नबढ्ने आश्वासन दिनु भएको छ। चिनियाँ ईभी निर्माता बीवाईडीका एसिया प्यासिफिक प्रतिनिधि र नेपाली बिक्रेतासँग भेट गर्दै कर नबढ्ने आश्वासन दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ। 

नेपाल भ्रमणमा आएका बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङले मे ६ तारिख सोमबार प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डलाई भेट गर्नु भएको हो। नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका प्रतिनिधिलाई प्रधानमन्त्रीसँग भेट गराएको छ। 

‘सोमबार प्रधानमन्त्रीलाई भेटेका हौँ। विद्युतीय गाडीमा कर नबढाउने आश्वासन दिनुभएको छ’, बीवाईडीकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भन्नुभयो। नेपालमा बीवाईडी गाडी बिक्रेतामा दोस्रो नम्बरमा छ। अट्टो ३, डल्फिन, इ ६ नेपालमा गुडिरहेका छन्। 

लिउले प्रधानमन्त्रीसँगै नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेट गरिसक्नु भएको छ।