राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपतिद्वारा संयुक्त रुपमा प्रेस भेटघाट
2024-05-07 07:59:44CRI
Share with:

     स्थानीय समयअनुसार मे ६ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसस्थित एलिसी प्यालेसमा वार्ता गर्नुभएपछि संयुक्त रुपमा पत्रकारसँग  साक्षात्कार गर्नुभएको छ।

     सी चिनफिङले औँल्याउनुभएअनुसार, यस वर्ष नयाँ चीनको स्थापना भएको ७५औँ वार्षिकोत्सव हो। यस अवधिमा चीनको अवस्था तथा जन जीवनमा ठूलो परिवर्तन भएको छ। तर चिनियाँमा शान्ति , सहनशीलता तथा निष्पक्षता खोज्ने विशेषतामा कुनै पनि परिवर्तन भएको छैन। फ्रान्सलगायत विश्वका विभिन्न मुलुकसँग पारस्परिक सम्मानको आधारमा मैत्रिपूर्ण तथा सहयोगात्मक सम्बन्धको विकास गर्न भविष्यको सिर्जना गर्न चीन इच्छुक रहेको छ।

      म्याक्रोनले बताउनुभएअनुसार, फ्रान्स-चीन सम्बन्धको पारस्परिक सम्मानता तथा विश्वासले गहिरो तहमा यूरोपेली महासागर तथा चीन बीचको सम्बन्ध तथा विश्वमा स्थीरता ल्याएको छ। सीको फ्रान्सको तेस्रो पटकको भ्रमणप्रति धन्यवाद ज्ञापन गर्नुका साथै विश्वव्यापी परिस्थिति समवेदनशील भएको समयमा सीको यस पल्टको भ्रमण एकदम महत्वपूर्ण भएको ठहर पनि म्याक्रोनले व्यक्त गर्नुभएको छ।