फङ लीयुआन र फ्रान्सका राष्ट्रपतिकी श्रीमती ब्रिगिटद्वारा ओर्साइ संग्रहालयको अवलोकन
2024-05-07 23:40:37CRI
Share with:

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआन र फ्रान्सका राष्ट्रपति  म्याक्रोनकी श्रीमती ब्रिगिट्टेले पेरिसमा ओर्साइ संग्रहालयको अवलोकन गर्नुभएको छ। 

ब्रिगिट्टेले संग्रहालयको ढोकाअगाडि फङ लीयुआनको स्वागत गर्नुभयो।

फङ लीयुआनका अनुसार, चिनियाँ र फ्रान्सेली जनताले चित्रकलाको माया गरेका छन्। चीन र फ्रान्सले अझ बढी आदान-प्रदान गरेर पारस्परिक  बुझाइलाई सबल पार्ने आशा उहाँले व्यक्त गर्नुभयो।

दुई मुलुकका राष्ट्रानायक श्रीमतीहरूले त्यहाँ अवलोकन गर्दै आएका फ्रान्सेली विद्यार्थीहरूसँग कुराकानी गर्नुभयो। फङ लीयुआनले सबैलाई चिनियाँ भाषा सिक्न र मौका मिलेमा चीन आउन प्रोत्साहन गर्नुभयो। साथै फङले विद्यार्थीहरूलाई चीन र फ्रान्सको मित्रताका दूत बन्न सक्ने र दुई मुलुकका जनताहरूका लागि आदान-प्रदानको पुल बन्नसक्ने आशा पनि व्यक्त गर्नुभयो।