सी चिन फिङद्वारा हंगेरीको मिडियामा हस्ताक्षरित लेख प्रकाशित
2024-05-08 15:09:50cri
Share with:

मे ८ तारिख हंगेरीको राजकीय भ्रमणका लागि बुडापेस्टमा रहनुभएको चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हंगेरीको "हंगेरी राष्ट्रिय पत्रिका" मा "चीन-हंगेरी सम्बन्धलाई संयुक्त रूपमा स्वर्ण युगमा पुर्याउने" शीर्षकको एउटा हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले चीन र हंगेरी हजारौँ किलोमिटर टाढा भए तापनि दुई देशका जनताबीचको मित्रताको इतिहास लामो रहेको बताउनुभयो। यो वर्ष चीन र हंगेरीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव हो। विगत ७५ वर्षदेखि चीन र हंगेरीले आपसी सम्मानलाई कायम राख्दैआएको र द्विपक्षीय सम्बन्ध इतिहासकै उत्कृष्ट अवधिमा प्रवेश भएको औंल्याउनुभयो।

 

राष्ट्राध्यक्ष सी चिन फिङले हाल चीन र हंगेरी आ-आफ्नो विकासको महत्वपूर्ण अवधिमा रहेको पनि बताउनुभयो। यस भ्रमणबाट पारस्परिक लाभकारी सहयोग प्रगाढ बनाउने र चीन-हंगेरीको व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने आशा पनि उहाँले लिनुभयो।

 

नयाँ युग र यात्रामा हंगेरीसँग मिलेर दुई देशका जनताको भविष्य उज्यालो बनाउन चीन इच्छुक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।