“सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” (अन्तर्राष्ट्रिय संस्करण) सर्बियामा प्रसारित
2024-05-08 01:11:35CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सर्बियाको राजकीय भ्रमण गर्दै गर्दा चाइना मिडिया ग्रुपबाट बनाइएको “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू”(अन्तर्राष्ट्रिय संस्करण)को प्रकाशित समारोह मे ७ तारिख बेल्ग्राडमा आयोजित भयो। सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचले भिडियोद्वारा शुभकामना सम्बोधन गर्नुभएको छ।

राष्ट्रपति भुचिचले राष्ट्राध्यक्ष सी चिनफिङलाई सर्बियाको भ्रमणमा हार्दिक स्वागत गर्नुभएको छ। चाइना मिडिया ग्रुपले सर्बिया र चीनको मित्रताका लागि ठूलो प्रयोसका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। सर्बियाले बहुमाध्यमबाट आदानप्रदान तथा आपसी सिकाइलाई सबल पारेर दुई देशको मित्रतालाई नयाँ चरणमा बढाउने प्रतीक्षामा उहाँ रहनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्यौङले सम्बोधन गर्दै अझ बढी उत्कृष्ट कार्यक्रम दुई देशका सर्वसाधारणलाई देखाउने आशा व्यक्त गर्नुभएको छ।