हाउटेस प्यारेनिसमा चीनका राष्ट्राध्यक्ष र फ्रान्सका राष्ट्रपति बीच सानो परिधिको वार्ता
2024-05-08 04:12:23CRI
Share with:

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनको विशेष निमन्त्रणमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण-पश्चिमी फ्रान्सको हाउटेस प्यारेनिसको भ्रमण गर्नुभएको छ। फ्रान्सेली राष्ट्रपति दम्पत्ति उहाँहरूको सम्मानमा सोही स्थानमा हाउटेस प्यारेनिसका पदाधिकारीको नेतृत्व गरेर स्वागत गर्नुभएको छ। 

पहाडमा दुई देशका राष्ट्रनायकहरूले शान्त र आनन्दमय वातावरणमा केही महत्वपूर्ण विषयबारे रणनीतिक आदानप्रदान गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र फ्रान्स पूर्वी र पश्चिमी सभ्याता भएर मूल्य र सामाजिक व्यवस्थापन फरक भए तापनि सभ्याताको आदानप्रदान र आपसी सिकाइमाथि दुवैले महत्व दिएका छन्। दुई पक्षले वार्ता तथा सहकार्यमार्फत विश्वको शान्ति तथा विकास र मानवजातिको प्रगतिका लागि नयाँ योगदान दिन सक्छन्। 

राष्ट्राध्यक्ष सीसँग गहिरो आदानप्रदान गरेर चीनको इतिशास, संस्कृति, विचार र विकासबारे अझ बढी जानकारी पाएर महत्वपूर्ण मामिलामा चीनको अडानबारे अझ गहन बुझ्ने मौका पाएको राष्ट्रपति म्याक्रोनले व्यक्त गर्नुभएको छ। दुवै फ्रान्स र चीन राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी समिति मुलुक हुन्।  राष्ट्राध्यक्ष सीसँग घनिष्ट आदानप्रदान कायम राखेर युरोप र विश्वको शान्ति तथा स्थिरताका लागि सकारात्मक भूमिका खेल्ने प्रतीक्षा उहाँले व्यक्त गर्नुभएको छ।